चुनावमा अन्तर्घात गर्ने बाँकेका यि नेतालाई कांग्रेसको कारबाही


काठमाडौं- नेपाली कांग्रेसले २०७४ सालको स्थानीय/प्रदेशसभा/संघीय संसदको निर्वाचनमा अन्तरघात गर्ने नेता/कार्यकर्तालाई कारबाही गर्दै उनीहरुको नाम पार्टीको अभिलेखबाटै हटाउने निर्णय गरेको छ।

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्तालाई कारबाही गरिएको हो।

केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबाही भएकोले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले गरेको निर्णय बमोजिम त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन गरेको छ।’

साथै, त्यस्ता अन्तर्घात गर्नेहरुको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लाहरुलाई पनि तत्काल नामावली पठाउन निर्देशन गरिएको छ।

प्रकाशित मितिः     ३ असार २०७६, मंगलवार १७:५७  |