असार ४ असार : लागु औषध न्युनिकरणका लागि सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम गरिने भएको छ । लागु औषध प्रयोगकर्ताको लागि विस्तृत एचआइभी एड्स कार्यक्रम अन्तरगत सरोकारवालाहरुसंग समन्वयात्मक बैठक मंगलवार नेपालगन्जमा बसी सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम गरिने बैठकले निर्णय गरेको हो । परिवर्तन समुह (चेन्ज टिम) को आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सरोकारवालाहरुसंग सम्मन्वयात्मक बैठक बसेको हो ।
अन्तराष्ट्रिय लागुऔषध दिवसको अवसर पारेर नेपालगन्जका विभिन्न निकायका सरोकारवाला निकायहरुको सयुक्त पहलमा सप्ताह व्यापी कार्यक्रम आयोजना गरिन लागेको हो । यही ५ गतेदेखि ११ गतेसम्म हुने सप्ताह व्यापी कार्यक्रममा विभिन्न कार्यक्रम गरिने आयोजकले जनाएको छ । ५ गते नेपालगन्जको कारागारमा रहेका कैदीहरुको स्वास्थ्य चेकजा“च तथा जनचेतनामुलक कार्यक्रम, ६ गते गोरखा हाई स्कुल कोहलपुरमा सचेतनामुलक कार्यक्रम, ७ गते रक्तदान कार्यक्रम, ८ गते रिहाव सेन्टरमा अनुगमन, ९ गते जयसपुर स्कुलमा अन्तरक्रिया, १० गते जमुनाहामा सरसफाई कार्यक्रम र ११ गते प्रभात फेरी र सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम गरि समापन गरिने जिल्ला प्रशासन कार्यालय बा“केका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले जानकारी दिनुभयो ।
समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषध रहित स्वास्थ्य जिवन भन्ने मुल नाराका साथ आयोजना गरिने सप्ताह व्यापी कार्यक्रमको सम्मन्वयात्मक बैठक कार्यक्रममा बा“केका प्रहरी प्रमुख अरुण पौडेल, शसस्त्र प्रहरीका एसपी भेष बहादुर शाह, साहारा हाउसका अविराज क्षेत्री, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख नारायण डा“गी, विभिन्न रिहाव सेन्टरका प्रमुख, प्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।