नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले आ.व. २०७५/०७६ मा लाागुऔषध कारोवारी गर्ने २ सय २१ मुद्दा दर्ता गरेको छ । २०७४ मा १ सय ३७ र २०७५ मा १५४ गरि कुल २ सय २१ मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । जसमा ३ सय ३८ जना कारोवारीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले बुधवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
जसमा महिला ९, पुरुष ३२१ जना रहेका छन् । १४ भारतिय नागरिक सहित १ जना बाङलादेशी नागरिक समेत रहेको प्रहरीले जनाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो परिणामको लागूऔषध बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बुधवार विहान ९ बजे पुरैनी स्थित बाबाकुटीमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषधसहित कारोवारमा संलग्नलाई नियन्त्रणमा लिएको प्रदेश ५, लागूऔषध अनुसन्धान ब्यूरो नेपालगञ्जले जनाएको छ ।
पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलंगा, जाजरकोटका २५ बर्षिय राजेन्द्र विश्वकर्मा, पूर्वी रुकुम पुथा गाउँपालिका–२ का ४९ बर्षिया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ का २५ बर्षिया वीरबहादुर विक, सोही ठाउँका ५० बर्षिय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ बर्षिय अम्मरबहादुर दहराई रहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताउनुभयो ।
यतिका परिणाम नेपालमै दोश्रो ठुलो परिणाम रहेको एसपी पौडेलले बताउनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले बुधवार नै पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । पुरनैदेखि नेपालगन्ज तर्फ आउदै गरेको भे १ ह १३९५ नं. को अटोरिक्सामा सवार रहेका उनिहरुबाट झोलामा प्लाष्टिकद्वारा प्याकिङग गरि लुकाई ल्याई रहेको अवस्थामा अवैध लागु औषध अफिम सहित उनिहरुलाई पक्राउ गरेको एसपी पौडेलले बताउनुभयोे ।
थप अनुसन्धानका लागि उनिहरुलाई सरकारको ऐन बमोजिम कारवाही अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख पौडेलले बताउनुभयो । उनीहरुले भारत तर्फ लैजाने तयारी गरिरहेका थिए हाम्रो टोलीले उनिहरुको निगरानी गरि पक्राउ गर्न सफल भएको एसपी पौडेलले भन्नुभयो । उनिहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा छ (३) बमोजिम १५ बर्ष देखि जन्मकैद र ५ लाख देखि २५ लाख सम्म जरिवाना हुन सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।