नेपालगन्ज, ७ असार : महिला उद्यमी संघ बाँकेले ‘कोशेली घर’ का लागि भवन निर्माणको काम गरिरहेको छ । प्रदेश सरकारको सहयोगमा सुर्खेतरोडमा भवन बन्दै छ । हाल भाडामा सन्चालित कोशेली घर अब आफ्नै भवनमा रहने महासचिव सावित्रा बस्नेतले जानकारी दिईन । नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा यही बैशाख २४ गतेदेखि कोशेली घर हो ।
‘जिल्लाको ग्रामिणक्षेत्रमा उत्पादन भएका आर्ग्निक र हस्तकलाका सामाग्री बिक्री बितरण गर्ने गरी यो कोशेली घर सन्चालन गरेका हौं ।’ बस्नेतले भन्नुभयो,–‘यसमा महिलाका उत्पादनलाई बिशेष प्राथमिकता दिईएको छ ।’