बैजनाथ गापको सभा : नौवस्ता औद्योगिकक्षेत्रको काम अघि बढाउन जोड


बैजनाथ : बाँकेको बैजनाथ गाउँपालिकाले नौवस्ता औद्योगिक क्षेत्र शिघ्र संचालनका लागी प्रदेश र केन्द्र सरकारसँग पहल गर्ने निर्णय गरेको छ । आ.वका लागि निती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले औद्योगिक क्षेत्र भित्रको घरघुरीको सकेसम्म त्यहि स्थानमा उचित व्यवस्थापन गर्नको लागि पहल गरिने कुरालाई जोड दिएको छ । नौवस्ता, पुर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा दिदै आर्थिक आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार गाउँसभा मार्फत बैजनाथ गाउापालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नौवस्ता औद्योगिक क्षेत्र शिघ्र संचालनका लागी प्रदेश र केन्द्र सरकारसँग पहल गर्ने, औद्योगिक क्षेत्र भित्रको घरघुरीको सकेसम्म त्यहि स्थानमा उचित व्यवस्थापन गर्नको लागि पहल गरिने बताए ।

पुर्वाधार निर्माणका लागि १२ महिना आवागमन सहज बनाउनको लागि गाउँपालिका स्तरका सबैका बाटाहरु ग्रावेल, सबै वडालाई सडक संजालसँग जोड्ने, सडकहरुको स्तरोन्नतीका साथै पिच गर्दै लगिने निति तथा कार्यक्रममा रहेको छ । पालिकास्तरीय गौरवका योजना संचालन, वडा, गाउँ, प्रदेश र संघिय स्तरीय आयोजना वर्गिकरण गर्ने, सडक बिजुली, खानेपानी, संचार, भवन निर्माण गर्दा निश्चित मापदण्ड अनुसार काम गर्ने व्यवस्था गरिने उल्लेख गरिएको छ ।

अध्यक्ष रुचालले बैजनाथ गाउँपालिकामा कृषि क्षेत्रको व्यवसायिकरणको लागि एक वडा एक पकेट क्षेत्र घोषणा गरिने बताए । उनका अनुसार कृषि क्षेत्रका अन्य प्राथमिकताका रुपमा कृषि सडक, कृषि पेशालाई व्यवसायिकरण, यान्त्रिकरण गर्दै मर्यादित आकर्षक पेशाको विकास गरिने, मल, विउ, सिचाई, प्रविधि र कृषि उत्पादन बजारीकरणको लागि सरकारी मार्फत व्यवस्थापन गरिने, अर्गानिक खेती प्रवद्र्धन, बाह्रै महिना तरकारी उत्पादनमा जोड दिने र शित भण्डार निर्माणको लागि पहल गरिने छ ।

नीति तथा कार्यक्रममा पशु तर्फ पशुपंक्षी बिमा, दुग्ध केन्द्र संचालनको लागि अनुदान प्रदान, महामारी विरुद्ध अभियान संचालन गर्ने, खाली जग्गामा रुख रोप्न प्रोत्साहान गर्ने र छाडा पशु व्यवस्थाप र सदुपयोग कार्यक्रम गरिने छ । यस्तै पर्यटन प्रवद्र्धनका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज बफरजोनमा रहेको सय गन्तव्यमा एक गाभर भ्याली विकास र प्रवद्र्धनको लागि विषेश कार्यक्रम संचालन गर्ने, बोटानिकल गार्डेन, न्यु हरियाली भ्यु टावर, पुष्पलाल स्मृति बाटिका र सिम्रहवा ताल संरक्षण र प्रवद्र्धन गर्दै लैजाने उनले बताए । घरेलु तथा साना उद्योग संचालनको लागि लगानी मैत्री वातावरण सिर्जना गरि कम्तिमा पनि १० जनालाई रोजगारीको व्यवस्था मिलाईने उल्लेख गरे । सहकारी मार्फत महिला शसक्तिकरणलाई पनि प्राथिमिकता दिईने छ ।

सहकारी संग सबै कार्यक्रमका लागि गाउँपालिकामा रहेका सहकारीलाई प्राथमिकता दिएर रोजगारी सिर्जना गर्ने बताईएको छ । सामाजिक समावेशिकरणको लागि गाउँपालिकालाई बाल मैत्री बनाउनको लागि अघि बढ्ने, सुत्केरी आमा बच्चाको स्वाथ्यलाई ख्याल गर्दै प्रसुती गृह र निःशुल्क एम्बुलेन्स संचालन गरिने, महिला स्वास्थ्य स्वयम्सेविकाको बिमा गाउँपालिका मैत्री गरिने, आर्यआर्जन र सिप बिकास शसक्तिकरणमा जोड दिई सम्पतीमा दम्पतिको अधिकार सुनश्चिताका लागि सिफारिसमा कर छुट गरिने अध्यक्ष रुचालले बताए । स साथै अपांग तथा बालबालिका मैत्री भौतिक संचरना निर्माण, दलितहरुको पेशाको आधुनिकिकरण र दलित बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गरिने छ । यसैगरी एक वडा एक विद्यालय, प्राविधिक शिक्षालाई जोड दिईने बताए ।

विपद् व्यवस्थापन कोषको व्यवस्था, सेन्सर बोर्ड जडान, अनिवार्य विरुवा उत्पादन कार्यक्रम गरिने छ । सार्वजनिक सेवा तथा क्षमता विकासको लागि सूचना मैत्री गाउँपालिका बनाईने, जनप्रतिनिध र कर्मचारीको क्षमता अभिवृद्धिका लागि पुरस्कृत गर्ने सस्कृतिको विकास गरिने, नागरिकलाई मुस्कान सहितको सेवा प्रवाहलाई जोड दिईने र तत्काल आवश्यक कानुन, कार्यविधि तत्काल गाउँसभामा पेश कार्य नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अर्थवार्षिक रुपमा सार्वजनिक सुनुवाई, करको दायरालाई फराकिलो तथा अमयानुकुल बनाईने तथा राजस्व संकलनलाई विद्युतीय सफ्टवायरको प्रयोग गरिने उनको भनाई छ । आगामी तीन वर्षमा बैजनाथ गाउँपालिकालाई विकास र समृद्धिको मार्गमा पु¥याउने गरी पर्यत्नशिल भएर काम गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मितिः     ८ असार २०७६, आईतवार १०:०५  |