बाँके ८ असार : लगातारको वर्षाले बाँकेमा सतर्कता तह पार गरेको छ । राष्ट्रिय आपत्तकालिन उद्धार केन्द्रले आज दिँउसो एक बजे सूचना जारी गर्दै सतर्कता अपनाउन अपील गरेको छ । उसले नेपालगन्ज बर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको र वर्षा हुने क्रम जारी भएको उल्लेख गरेको छ ।
चुरेबाट शुरु भई बाँके जिल्ला भएर बहने डुडुवा,मानखोला, झिंझरी लगायतका स–साना सबै खोलानाला आसपास सतर्क रहन सुझाव दिईएको छ । राष्ट्रिय आपत्तकालिन उद्धार केन्द्रले नेपालगन्ज उपमहानगरपालिकाको होचा स्थानहरुमा पनि डुवान हुनसक्ने तर्फ सचेत बनाएको छ ।
