बाँके ८ असार : यतिबेला बाँकेमा लागुऔषध बिरुद्धको साताव्यापी अभियानमा सन्चालन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा रिकभरी नेपाल, परिवर्तन समूह लगायतले बिभिन्न कार्यक्रम गरिरहेका छन् । यसैक्रममा आईतबार कोहलपुरस्थित गोरखा यूनाइटेड स्कुलका विद्यार्थीहरु माझ दुव्र्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको रिकभरी नेपालका प्रदेश संयोजक प्रविण बिसीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंह, लागुऔषध व्यूरोका प्रहरी निरिक्षक बिरबहादुर थापा लगायतले कुलतबाट जोगिन विद्यार्थीहरुलाई आग्रह गरे । कलिलो उमेरमै लागुऔषधमा फस्ने जोखिम रहने भएकाले यसबाट जोगिन आग्रह गरे । लागुऔषध दुव्र्यसनी बिरुद्धको अभियान असार ११ गतेसम्म सन्चालन हुने छ ।