नेपालगन्ज : नेपालगन्जलाई प्लाष्टिकमुक्त बनाउने अभियानमा यहाँको नीजिक्षेत्रले पनि सहकार्य गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले नीतिगत निर्णय नै गरेर प्लाष्टिकमुक्त अभियान चलाइरहेको छ । त्यसमा नेपालगन्ज उद्योग वाणिज्य संघको साथ रहेको अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । प्लाष्टिकमुक्त शहर, हामी सबैको रहर भन्ने अभियान अन्र्तगत बिभिन्न कार्यक्रमको आयोजना भइरहेका छन् ।