लागू औषध बिरुद्ध नेपालगन्जमा बृहद प्रभातफेरी


नेपालगन्ज ११ असार : “समृद्ध राष्ट्र निर्माणका लागि लागुपदार्थ रहित स्वस्थ जीवन “ भन्ने मुल नाराका साथमा ३२ औं अन्तर्र्रा्ष्ट्रिय लागू औषध दुरुपयोग तथा यसको अबैध ओसारपसार विरुद्धको दिवसको अवसरमा नेपालगन्जमा बृहद प्रभातफेरी आयोजना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँके र रिकभरिंग नेपालको समन्वय तथा जिल्ला प्रहरी कार्यालय ,सामुदायिक प्रहरी ,सशस्त्र प्रहरी ,नेपाल आर्मी ,लागुऔषध नियन्त्रण ब्यूरो बाके,शिक्षा बिकास तथा समन्वय इकाई ,बास नेपाल लगायत विभिन्न सरकारी तथा गैरसरकारी सस्थाहरुको सहकार्यमा भब्य रूपमा विभिन्न प्रभातफेरी आयोजना गर्नुका साथै दिवश समापन गरिएको छ । आजको प्रभातफेरीमा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सरकारी कर्मचारी, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मितिः     ११ असार २०७६, बुधबार ११:२७  |