बाँके ११ असार : आफ्ना जीवनकालमा लागूऔषध दुव्र्यसन बिरुद्धको अभियानमा सक्रिय भएका नेपालगन्जका अभियानता स्वर्गीय नयन रावल, बिश्वधर प्रसाद श्रेष्ठ, बासु रानाको सम्झनामा दिप प्रज्वलन गरिएको छ । आज बुधवार साँझ बिपीचोकमा तीन जनाको तस्वीरमा माल्यार्पण गर्दै दियो बालिएको थियो ।
दुव्र्यसनीमा फसेका युवाहरु पुर्नस्थापना मार्फत नयाँ जीवन प्रदान गर्न उनीहरुको भुमिका महत्वपूर्ण मानिन्छ । नेपालगन्जमा दुव्र्यसनी बिरुद्धको अभियान चलाउने सम्भवत उनीहरु पहिलो पुस्ताका हुन । सहकर्मीलाई सम्झदै अभियानता रबिन्द्रसिंह राठोरले भने,–‘उहाँहरुका कारण धेरै युवाहरु कुलतमा फस्नबाट जोगिए । दुव्र्यसनी बिरुद्धको अभियानमा उहाँहरुको भूमिका संधै सम्झिरहने छौं ।’
स्वर्गीय नयन रावलकी जीवनसाथी इन्द्रा जिसी रावलले समाजलाई लागुऔषधमुक्त बनाउन सके सच्चा श्रद्धान्जली हुने बताईन । उनले हरेक वर्ष तीन जनाको सम्झनामा श्रद्धान्जली कार्यक्रम आयोजना गरिदै आएको जानकारी दिइन । श्रद्धान्जली सभासंगै यसवर्षको लागुऔषध दुव्र्यसनी बिरुद्धको दिवश समापन भएको छ ।