खड्काको आजै दाहसंस्कार गरिने, शोकमा नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसाय बन्द


नेपालगन्ज १४ असार : सवारी दुर्घटना परी निधन भएका नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायी अर्जुन खड्काको दाहसंस्कार आज गरिने भएको छ । खड्को पार्थिव शरिर हिजो राती नर्सिङ्ग होम राखिएको थियो । अहिले पोष्र्टमाटमका लागि भेरी अन्चल अस्पताल लगिएको छ । सरकारी प्रक्रिया पुरा गरेपछि आजै अन्तिम संस्कारका लागि अगैयाघाट लैजाने तयारी भएको नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियनका अध्यक्ष चिरंजीबी ओलीले जानकारी दिनुभयो । दिंवगत खड्काको घर नेपालगन्ज–१२ कोरियनपुर भेरी प्राविधिक शिक्षालय पछाडी रहेको छ । उहाँका पत्नी र एक छोरा रहेका छन् ।

इलेक्ट्रोनिक्स व्यवसायमा दशक बिताएका उनी परिवार र सहकर्मी माझ अत्यन्त मिलनसार मानिनु हुन्थ्यो । उहाँको निधनले परिवार र व्यवसायीजगतमा सन्नाटा छाएको अध्यक्ष ओलीले बताउनुभयो । ‘व्यापार व्यवसायमा जम्दै गरेको अत्यन्त मिलनसार सहकर्मी गुमायौं ।’– ओलीले भन्नुभयो । खड्को निधनको शोकमा नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियनले आज जिल्लाका इलेक्ट्रोनिक्स पसल बन्द गर्ने निर्णय गरेको छ । हिजो शुक्रबारसाँझ साढे ७ बजे तिर बारबर्दिया–बनगाई नजिक अर्को मोटरसाइकलसँग ठोक्किएका गम्भीर घाइते खड्काको उपचारका लागि ल्याउँदै गर्दा निधन भएका हो ।
उनीसँगै मोटरसाइकलमा उनका साथी सामान्य घाइते रहेका छन् । अस्पताल पुर्याउँदा खड्कालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मितिः     १४ असार २०७६, शनिबार ०८:२०  |