नेपालगन्ज १४ असार : नेपाल स्वास्थ्यकर्मी संघका केन्द्र उपमहासचिव किरण ओलीले स्थानीय तह कर्मचारी युनियन नेपाल कर्णाली प्रदेश अध्यक्षको पदको जिम्मेवारी पाएका छन् । नेपाली काँग्रेस निकट स्थानीय तह कर्मचारी युनियनको काठमाण्डौं सम्पन्न भेलाले ओलीलाई उक्त जिम्मेवारी दिएको हो ।
सुर्खेत गुर्भाकोट नगरपालिका निवासी ओलीले नयाँ जिम्मेवारी पाएपछि कर्मचारीको हितमा काम गर्ने हौसा बढेको बताए ।
यस्ता छन् उनका प्राथमिकता
१.समायोजन प्रकृयालाई तत्काल टुङ्गयाएर स्थानिय तहमा कर्मचारी पदपूर्ति गर्न दवाब दिने।
२.स्थानिय सेवा आयोग तत्काल बनाई हाल स्थानिय तहमा करार तथा ज्यालादारी कर्मचारिहरुलाई आन्तरिक र रिक्त दरबन्दीमा खुला प्रक्रिया द्वारा कर्मचारी ब्यबस्थापन गर्न पहल गर्ने।
३.कार्यरत करार र ज्यालादारी कर्मचारी हरु को सामाजिक सुरक्षाका लागि पहल गर्ने।कर्णाली प्रदेशका १० जिल्ला र ७९ वटा स्थानिय तहमा स्थानिय तह कर्मचारी युनियन नेपालको संगठन बिस्तार गर्ने।