नेपालगन्ज असार १४ । सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले बाकेको कोहलपुरमा अत्याधुनिक सुबिधा सहित एस. क्याफे सुरु गरेको छ । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले क्याफेको उद्घाटन गर्दै कोहलपुरमा खुलेको अत्याधुनिक सुबिधा सहित गुणस्तरिय क्याफेले कोहलपुर क्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण योगदान गर्ने बताउनु भयो ।
सिद्धार्थ गु्रपले कोहलपुरमा सुरु गरेको एस. क्याफेको क्षमता एक पटकमा करिब एक सय जना गेष्टलाई सेवा दिन सक्ने रहेकमो छ ।
एस क्याफेमा बिहान ८ बजे देखि साझ ८ बजे सम्म गुल्मीमा उत्पादन भएको अर्गानिक कफिका साथै बेकरी तथा फास्टफुडहरु उपलब्ध हुने छन ।
कफीका पारखीहरुलाई गुणस्तरिय अर्गानिक कफीको स्बाद सहितको सेवा उपलब्ध गराउने उद्देश्यले सिद्धार्थ गु्रपले २०७४ साल देखि गुल्मीमा आफ्नै कफी बगान संचालन गर्दै आएको छ ।
काठमान्डौको तीनकुने , जमल, न्युरोड र नेपालगन्जको धम्बोझीमा क्याफे संचालन गरि रहेको गु्रपको यो पाचौ आउटलेट हो ।
गु्रपले होटेल, रिसोट, रेष्टुरेन्ट मार्फत हस्पिटालिटी ब्यबसायसंगै मिठाई , केक , बेकरी र कफिका बिभिन्न परिकारहरुको उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ ।
पश्चिमको टिकापुर देखि काठमान्न्डौ सम्म करिब २२ वटा शाखाहरु मार्फत होटेल, रिसोट, रेष्टुरेन्ट मार्फत हस्पिटालिटी ब्यबसाय संचालन गर्दै आएको छ । सिद्धार्थ गु्रपले एस क्याफेलाई देशैभर बिस्तार गर्ने तयारी गरि रहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।
https://nepalgunjbusiness.com/2019/06/8261/