स्वर्गीय खड्काको दाहसंस्कार गरियो, अन्तिम बिदाईमा कयौंको आँखा रसाए


नेपालगन्ज १४ असार : सवारी दुर्घटना परी निधन भएका नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायी अर्जुन खड्काको आज दाहसंस्कार गरिएको छ । राप्तीनदीको अगैया घाटमा परिवारजन र संयौ सहकर्मीको उपस्थितीमा स्वर्गीय खड्काको पार्थिव शरिर दाहसंस्कार गरियो । नाबालक छोरा र बुवाले खड्काको पार्थिव शरिरलाई दागबत्ती दिदा मलामीको आँखा रसाएका थिए । सन्नाटा छाएको थियो ।

 नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियनका अध्यक्ष चिरंजीबी ओलीले जिल्लाका इलेक्ट्रोनिक्स पसल बन्द गरेको छ । दिंवगत खड्काको घर नेपालगन्ज–१२ कोरियनपुर भेरी प्राविधिक शिक्षालय पछाडी रहेको छ । उहाँका पत्नी र एक छोरा रहेका छन् । इलेक्ट्रोनिक्स व्यवसायमा दशक बिताएका उनी परिवार र सहकर्मी माझ अत्यन्त मिलनसार मानिनु हुन्थ्यो । उहाँको निधनले परिवार र व्यवसायीजगतमा सन्नाटा छाएको अध्यक्ष ओलीले बताउनुभयो । ‘व्यापार व्यवसायमा जम्दै गरेको अत्यन्त मिलनसार सहकर्मी गुमायौं ।’– ओलीले भन्नुभयो ।

खड्को निधनको शोकमा नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियनले आज जिल्लाका इलेक्ट्रोनिक्स पसल बन्द गरेको छ । हिजो शुक्रबारसाँझ साढे ७ बजे तिर बारबर्दिया–बनगाई नजिक अर्को मोटरसाइकलसँग ठोक्किएका गम्भीर घाइते खड्काको उपचारका लागि ल्याउँदै गर्दा निधन भएका हो । उनीसँगै मोटरसाइकलमा उनका साथी सामान्य घाइते रहेका छन् । अस्पताल पुर्याउँदा खड्कालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मितिः     १४ असार २०७६, शनिबार १९:५७  |