सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई Vehicle Consignment Tracking System (VCTS) का बारेमा जानकारी दिने भएको छ । नेपाल सरकार, राजस्व अनुसन्धान विभागले मालवाहक सवारी तथा ढुवानीका साधनहरूको तथ्यांक र अवस्थाबारे निरन्तर निगरानी राख्नका लागि Vehicle Consignment Tracking System (VCTS) शुरू गरेको थियो ।
यसका बारेमा सुर्खेतका उद्योगी व्यापारी व्यवसायीहरूलाई जानकारी दिने उद्देश्यले असार १७ गते संघको सभाहलमा दिउँसो १ बजे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संघले जानकारी दिएको छ । अन्तरक्रियामा राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख लगायतको सहभागिता रहने छ ।
अत्यन्त जरूरी सूचना
नेपाल सरकार, राजस्व अनुसन्धान विभागले मालवाहक सवारी तथा ढुवानीका साधनहरूको तथ्यांक र अवस्थाबारे निरन्तर निगरानी राख्नका लागि शुरू गरेको Vehicle Consignment Tracking System (VCTS)का बारेमा सुर्खेतका उद्योगी व्यापारी व्यवसायीहरूलाइ जानकारी दिने उद्देश्यले यस संघको समन्वयमा राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुखज्यू लगायतको समुपस्थितिमा अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रमको आयोजना गर्न लागिएको हुँदा सम्बन्धित सम्पूर्ण इच्छुक महानुभावहरूलाइ तपसिल बमोजिमको मिति समय र स्थानमा उपस्थितिका लागि सादर अनुरोध छ ।
मितिः २०७६ असार १७ गते
समयः दिउँसो १ बजे
स्थानः संघको सभाहल