
सल्यान १५ असार : देशभर जस्तै सल्यानमा पनि असार १५ धुमधामका साथ मनाइएको छ । कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयले शारदा नगरपालिका–१ मा बिशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागिहरुले बाँझो जमिनमा बृक्षारोपण गरेका थिए भने खेतमा धान लगाए ।
जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, नेपाल प्रहरीका डिएसपी बीरेन्द्र बहादुर शाही, सशस्त्र प्रहरीका डिएसपी बिमल डाँगी लगायत सरकारी कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता थियो ।
हेर्नुहोस् तस्वीरमा सल्यानको असार १५
