नेपालगन्ज १८ असार : बाँकेको आर्थिक गणना २०७५ असार २२ गते सार्वजनिक गरिने भएको छ । पहिलो पटक देशभर गरिएको जनगणनाले जिल्लाको आर्थिक चरित्र देखाउने तथ्यांक कार्यालय नेपालगन्जका प्रमुख पोमनारायण पौडेलले जानकारी दिए । आर्थिक क्षेत्रसंग सम्बन्धीत सकारी तथा गैरसकारी निकाय र पत्रकारहरु मार्फत बाँकेको आर्थिक गणना सार्वजनिक गरिने छ ।
विभागले यस गणनाबाट सरकारले पहिलो पटक इसर्वेक्षणको पनि शुरुवात गरेको छ । अनलाइन प्रणालीका माध्यमबाट आफ्नो विवरण भर्न सक्ने गरी विभागले व्यवस्था मिलाएको थियो । यसबाहेक विभागबाट खटिएका गणकहरु आर्थिक क्रियाकलाप भइरहेकै स्थानमा पुगेर विवरण संकलन गरेका थिए । सरकारले १ वैशाख २०७५ देखि ३१ जेठसम्म देशभर आर्थिक गणना गरेको थियो ।
पहिलो पटक गरिएको यस्तो गणनाका लागि विभागले ७७ वटै जिल्लामा कार्यालय स्थापना गरेको थियो । देशभर सञ्चालनमा रहेका आर्थिक प्रतिष्ठानको संख्या यकिन गर्ने उद्देश्यले पहिलो पटक यस्तो गणना गरिएको हो । यस गणनाबाट देशमा आर्थिक तथ्यांकको आधार खडा भएको विभागले उल्लेख गरेको छ ।
https://nepalgunjbusiness.com/2019/07/8422/