काठमाडौं। सरकारले वैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न थप ९९ वटा स्वास्थ्य संस्थालाई अनुमति दिएको छ। असार १९ गतेको मन्त्रीस्तरिय निर्णयअनुसार २९० वटा आवेदकमध्ये ९९ वटा संस्थालाई मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न अनुमति दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयले गत चैत्र १८ गते सूचना जारि गर्दै मलेसिया जाने कामदारको स्वस्थ्य परिक्षण गर्ने प्रयोजनको लागि आवेदन माग गरेको थियो सूचना जारि भएपछि २९० वटा स्वस्थ्य संस्थाले आवेदन दिएका थिए। मन्त्रालयको प्राविधिक टोलिले मलेसिया सरकारकले तोकेको मापदण्ड पूरा भए नभएको अनुगमन/निरिक्षण गरेर दिएको प्रतिवेदको आधारमा ९९ वटा संस्थालाई मात्रै स्वास्थ्य परिक्षणको अनुमति दिइएको मन्त्रालयले जनाएको छ।
नयाँ अनुमति पाउने संस्थाहरुमा ८६ वटा मेडिकल काठमाडौ उपत्यका भित्रकै रहेका छन्। अन्य १३ वटा स्वास्थ्य संस्था मात्रै उपत्यका बाहिरका रहेका छन्। जसमा नेपालगञ्ज र धनुषामा २/२ र झापामा ३ वटा संस्थाले मलेसियाको लागि स्वास्थ्य परिक्षण गर्न अनुमति पाएका छन्। त्यसै गरि धनगढी, सुनसरी, चितवन, दाङ र पोखरामा १/१ वटा संस्थाले मलेसियाको लागि स्वास्थ्य परिक्षणको अनुमति पाएका छन्।
