सुर्खेत २१ असार : कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णालीलाई पर्यटकीय गन्तब्य बनाउन कर्णालीका हरेक बजारमा मोटरसाईकल तथा अटो रिक्साको मर्मत गर्ने जनशक्तिको खाँचो आवश्यक परेको बताए ।
‘हामीले लिएको लक्ष्य पुरा गर्न र पर्यटकीय गन्तब्यमा जान आएका सवारी साधनका लागि मेकानिकहरु आवश्यक छन् ।’ उनले भने, ‘त्यो आवश्यकता पुरा गर्न र पर्यटकलाई सास्तीबाट मुक्त गराउन कर्णाली भरी जानुहोस ।’ उनले यो वर्ष आफ्नो मन्त्रालयले ५ करोड विभिन्न युवाहरुको क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सुर्खेत उद्योग वाणिज्य संघको समन्वय र घरेलु तथा साना उद्यम विकासकोआयोजनामा एक महिने अटो रिक्सा र मोटरसाईकल मर्मत सुधार तालिमको शनिबार समापन गर्दै मन्त्री बुढाले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कर्णाली प्रदेशमा अटोमोवाईलको बजार बढ्दै गएकाले मेकानिक्सको अभाव हुन नदिन प्रशिक्षण दिने कार्य भएको बताए । तालिम कार्यक्रमको समापन सत्रमा सहभागिलाई प्रमाणपत्र वितरण गर्न आएका