नेपालगन्ज : दुबै मिर्गौला फेल भएका सल्यानका हेमन्त सिंह ठकुरीलाई सांगितिक लगायतका कार्यक्रमबाट डेढ लाख बढि सहयोग जुटेको छ । एकता युवा क्लब र परोपकार ब्रदर्सले शुक्रबार नेपालगन्जको सिएसटी होटलमा आयोजना गरेको सांगितिक कार्यक्रमबाट १ लाख ५० हजार संकलन भएको छ । कार्यक्रममा नेपाल आइडल २ का विजेता रवि ओड, लोक गायिका निर्मला थापामगर, पप गायक/गायिक विशाल निरौला र उमा गुरुङ भट्टराई, डान्सर मेघना मगर पनि आएका थिए ।
सबै कलाकारले सहयोग जुटाउन सित्तैमा गीत तथा नृत्य प्रस्तुत गरेको हेमन्त बचाउ अभियानका संयोजक आशिष मल्ल ठकुरीले बताए । शनिबार जुमा स्पोर्टस क्लवका सदस्यहरु रु १७ हजार ३ सय संकलन गरेका छन् । उक्त रकम केही दिनमै पीडितलाई दिने तयारी भइरहेको छ । सल्यान जिल्लाको बानगाड कुपुण्डे नगरपालिका ७ घर भएका हेमन्त सिंह ठकुरीको विगत ८ महिनादेखि दुबै मृर्गौलाले काम गर्न छोडेको हो ।