नेपालगञ्ज / बहुउदेश्यीय सभागृह निर्माणका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघलाई उपलब्ध गराएको सडक डिभिजन परिसको जग्गा सम्झौता खारेज भएको शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले जानकारी दिनुभएको छ ।
गृहनगर नेपालगञ्जमा बिभिन्न कार्यक्रममा सहभागि हुनुभएका मन्त्री राईले बहुउदेश्यीय सभागृह निर्माणका लागि सडक डिभिजन परिसको जग्गा नेपालगञ्ज उद्योग वाणिज्य संघसंग भएको ‘लिज’ सम्झौता तोडेको बताउनुभयो । नेपालगञ्ज उद्योग बाणिज्य सङ्घलाई कारकादौंमा सडक डिभिजन कार्यालयको जग्गामा बहुउद्धेश्यीय सभाहल तथा प्रदर्शनस्थिल निर्माणका लागि भन्दै कयौं पटक महोत्सव आयोजना गरि रकम संकलन गर्दै आएको छ । सरकारले यसबर्ष एकअर्ब रुपिया बजेट विनियोजन गरेको थियो ।
संघले सुरुमा ३० बर्ष र पछि २० बर्षगरि ५० बर्षका लागि जग्गा लिजमा लिएको हो । तर लिजको भाँडा नतिरेको भन्दै भौतिक पूर्वाधार मन्त्रालयले लिज सम्झौता खारेज गरेको शहरी विकास मन्त्री मो. इस्तियाक राईले जानकारी दिनुभयो । तीनलाख २५ हजार रुपिया भाडा तिर्न बाँकी रहेको भनिएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैंश्यले सम्झौता खारेजका बिषयमा जानकारी नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो,–‘कुनै आधिकारिक पत्र आउको छैन । म बास्तबिकता बुझ््छु ।’