आर्थिक तथा व्यावसायिक ऐन/नियमका बारेमा बृहद प्रशिक्षण कार्यक्रम गरिदै


नेपालगञ्ज : आर्थिक तथा व्यावसायिक ऐन कानूनका विषयमा जानकारी दिन नेपालगञ्जमा प्रशिक्षणमूलक बृहद कार्यक्रमको आयोजना गरिदै छ ।  पहिलो पटक उद्द्योगी , ब्यापारी र बरिस्ठ लेखापालहरुको लागी यस्तो कार्यक्रम आयोजना गनृ लागिएको सिए दिक्षित एण्ड एशोसियटका सिए तेजप्रकाश दिक्षितले जानकारी दिनुभयो । उहाँका अनुसार,आयकर ऐन, मुल्य अभिबृद्धि कर ऐन, श्रम ऐन, औधोगिक व्यवसाय ऐन, सामाजिक सुरक्षा कोष
सम्बन्धमा प्रशिक्षण दिन साउनको पहिलो हप्ता तालिम दिने तयारी भइरहेको छ । तालिममा सहभागि हुन इच्छुक ब्यक्तीहरुले ९८०४५२७५५५ नाम उमेर र कम्पनीको नाम टिपाउन सक्छन् । आर्थिक तथा औद्योगिक ऐनको जानकारीको अभावमा धेरे झण्झट व्यहोर्नुपरिरहेको अवस्थामा तालिम सन्चालन गर्न लागिएको छ ।

प्रकाशित मितिः     २२ असार २०७६, आईतवार १९:१८  |