महिलालाई स्वरोजगार बनाउन विभिन्न प्रशिक्षण


गुर्भाकोट (सुर्खेत) २३ असार : गुर्भाकोट नगरपालिकाले उद्यमशिलता तालिम मार्फत स्थानीयलाई स्वरोजगार बनाउन सघाइरहेको उपमेयर मैना विकले बताउनुभएको छ । बिशेष गरी महिला लक्षित स्वरोजगारमुखी तालिमले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सहयोग पुग्ने उपमेयर विकले उल्लेख गर्नुभयो ।


आज सोमवार गुर्भाकोट नगरपालिका वडा नं ५ को ३ महिना सिलाई कटाई लगायतका तालिमको समापन गर्दै उपमेयर विकले यस्तो बताउनुभएको हो । उहाँले समाजमा सबैभन्दा पछि पारिएका समुदायलाई स्वरोजगार बनाउन यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकता दिनेमा जोड दिनुभयो ।
तालिममा ढाका बुनाई ,कम्प्यूटर, मगरभाषाको प्रशिक्षण दिइएको थियो । समापन कार्यक्रममा उपमेयर बिक सहित, वडा अध्यक्ष लाल बहादुर पुन,नगर स्वास्थय प्रमुख किरण ओलीको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     २३ असार २०७६, सोमबार १६:२३  |