होटल कलपत्रुले ग¥यो सरसफाई


नेपालगन्ज– नेपालगन्ज न्युरोड स्थित रहेको होटल कलपत्रु लर्डसले सामाजिक कार्यमा पनि जोड दिएको छ । होटल कलपत्रुले हरेक हप्ता समाजमा भएका फोहरमैलाहरुलाई हटाउने उद्देश्यका साथ सरसफाई अभियान थालेको होटल कलपत्रुले जनाएको छ । नेपालगन्जको सर्सफाईको सुरुवात नेपलगन्को प्रख्यात मन्दिर बागेश्वरी मन्दिर सरसफाई गरि सामाजिक दायित्व पुरा गरेको छ ।

कल्पतरुले स्वास्थ्यको लागि सरसफाई अति आवश्यक रहेको हुनाले कल्पतरु होटल भित्र मात्रा सरसफाई नभई होटल बाहिर पनि उत्तिकै जरुरी रहेको हुनाले सरसफाइ अभियानलाई प्रथामिकता दिइएको होटल कलपत्रुका जेनेरल म्यानेजर अनिल कुमार झा ले भन्नुभयो । हरेक हप्ता हप्तामा यस खालको आयोजना गरि खाना संगै बाहिरको पनि वातावरण खाना स्वच्छ राखिने योजनाका साथ यो अभियान थालिएको उहाँले बताउनुभयो । समाजलाई नै सफा हराभरा बनाउने लक्ष्यका साथ अगाडी बढेको जेनेरल म्यानेजर झाले बताउनुभयो ।

पहिलो पटक कलपत्रुका २५ जनाको टिमले बागेश्वरी मन्दिरमा सरसफाई गरेको हो । फोहर भएको ठाउँमा हामीले हप्ता हप्तामा विभिन्न ठाउँको पनि सरसफाई गरिने कल्पतरुका गोविन्द आचार्यले बताउनुभयो । खाना कति स्वच्छ र वातावरण कति स्वच्छ हुन्छ यसलाई मध्यनजर गरि यस्तो खालको योजना कल्पतरुले बनाएको आचार्यले बताउनुभयो । सामाजिक कार्यसंगै विजनेसलाई पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।

प्रकाशित मितिः     २३ असार २०७६, सोमबार २१:०४  |