बिपीचोककै मोवाइल पसलमा चोरी


नेपालगञ्ज / नेपालगञ्ज–११ स्थित व्यस्त मानिने बिपीचोकमा रहेको एउटा मोवाइल पसलमा मंगलवार राती चोरी भएको छ । हिमाल डेण्टरको छेउमै रहेको श्लोक मोवाइल सेन्टरमा सटक फोडेर चोरी भएको हो ।

सञ्चालक विजय बैश्यका अनुसार चोरले नगद एक लाख ७५ हजार र १२ थान स्मार्ट मोवाईल लगेको छ । बुधवार विहान नौं बजे पसल खोल्दा चोरी भएको थाहा पाएको बैश्यले बताए । बिपीचोकमा सुरक्षाका लागि प्रहरी बिट छ । त्यहाँ रात,दिन प्रहरी तैनाथ हुन्छ । त्यही पनि चोरी भएपछि व्यवसायीहरु त्रसित भएका छन् ।

बैश्यले चोरीको घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएका छन् । प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको र शान्ति, सुरक्षा कायम गर्न कुनै कन्जुस्याई नगर्ने दावी गरेको छ ।नेपालगञ्ज इलेक्ट्रोनिक्स एशाोसियसनका अध्यक्ष चिरंजीवी ओलीले चोरीले शान्ति सुरक्षाका लागि प्रहरी, प्रशासन चनाखो हुनुपर्ने र चोरलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मितिः     २५ असार २०७६, बुधबार १३:३१  |