टीभीएसले इथानोलबाट चल्ने अपाचे आरटीआर २०० एफआई ई१०० बाइक लन्च गरेको छ । सो बाइकको मूल्य १ लाख २ हजार भारु रहेको छ । कम्पनीका अनुसार सो नयाँ मोडलको बाइक भारतको महाराष्ट्र, उत्तर प्रदेश र कर्नाटकमा लन्च गरिने छ ।
मोटरसाइकलको लन्चिङमा सडक एवं राजमार्ग मन्त्री नितिन गडकरीले भारतमा इथानोल पम्प नभएको र चाँडै इथानोल पम्प खोल्ने जानकारी दिए । टीभीएसको अपाचे कम्पनीको प्रमुख ब्रान्ड हो ।
सो कम्पनीले विश्वभर अहिलेसम्म ३५ लाख भन्दा बढी युनिट बिक्री गरिसकेको छ । कम्पनीले इथानोलबाट चल्ने बाइक ग्राहकहरुको लागि अहम विकल्प भएको बताएको छ ।
पावर
सो बाइकमा अपाचे आरटीआर २०० मा भएको १९७.७५ सीसीको इन्जिन छ, जसले २० बीएचपी पावर र १८ एनएम टर्क जेनेरेट गर्छ । यसमा इथानोलको उपयोगका लागि ईएफआई सिष्टमको माध्यमद्वारा विशेष रुपमा तयार गरिएको छ । यसको टप स्पिड १ सय २९ किलोमिटर प्रतिघण्टा छ । यसमा स्लिपर क्लचका साथ फाइभ स्पिड गियरबक्स उपलब्ध छ ।
फिचर
बाइकमा डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल छ, जसमा बाइकको स्पिड, ओडोमिटर, ट्रिप मिटर, ल्याप टाइमर र गियर पोजिसज जस्ता जानकारी उपलब्ध हुन्छ । यसका दुवै पांग्रामा डिस्क ब्रेक छ भने सिंगल च्यानल एबीएस समेत छ ।
फरक लुक्सका लागि ग्रीन बडी ग्राफिक्स
अपाचे आरटीआर २०० एफआई इथानोल बाइकको कन्सेप्टलाई २०१८ अटो एक्सपोमा सार्वजनिक गरिएको थियो । यो पुरै अपाचे आरटीआर २०० जस्तै छ । यद्यपि पेट्रोलबाट चल्ने बाइक भन्दा फरक देखाउनका लागि यसमा ग्रीन बडी ग्राफिक्स राखिएको छ । त्यसैगरी बाइकमा ‘इथानोल’ ट्याग पनि छ ।
के हो इथानोल ?
इथानोल सुगर फर्मेन्टेसन प्रोसेसबाट तयार गरिन्छ । पेट्रोलको तुलनामा यसले ३५ प्रतिशत कम कार्वन उत्सर्जन गर्छ । त्यसैगरी यसले पार्टिक्युलेट म्याटर, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइडको उत्सर्जन पनि कम गर्छ ।