बैंकले ऋणको किस्ता तिर्न करकर गरिरहेका छन् ? पख्नोस्, यस्तो छ नयाँ व्यवस्था


नेपालगञ्ज -चालु आर्थिक वर्ष सकिन अव एक दिन मात्रै बाँकी छ । प्रत्येक त्रैमासमा क्लोजिङ भन्दै ऋणको साँवा व्याज भुक्तानीका लागि फोन गरिहेका बैंक तथा वित्तीय संस्थाले वर्षान्तमा भने झन् पेल्ने नै भए ।

तर, नेपाल राष्ट्र बैंकले ऋणीलाई किस्ता, साँवा तथा व्याज तिर्ने म्याद थप गरिदिएको छ । यसअघि पनि १५ साउनसम्म तिरे हुने किस्ता र साँवा तथा व्याज भुक्तानीको म्याद १५ दिन थपेर साउनभर बनाइएको छ ।

राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएको छ । नयाँ व्यवस्था अनुसार साउनभर तिरको सावा तथा व्याज र किस्तालाई बैंक तथा वित्तीय संस्थाहरु अघिल्लो आर्थिक वर्षकै असुली मानेर नाफामा गणना गर्न पाउने छन् ।

हालै आएको बाढी तथा पहिरोको कारण ऋणीलाई किस्ता र साँवा तथा व्याज भुक्तानीमा असर परेकोले यस्तो सुविधा दिइएको राष्ट्र बैंकको भनाइ छ ।

प्रकाशित मितिः     ३१ असार २०७६, मंगलवार ०७:३४  |