काठमाडौं।बुद्ध एयरलाइन्सले सञ्चालन गरेको मोबाइल एप र वेवसाईटबाट टिकट खरिदमा विशेष छुट दिएको छ। यो छुट राष्ट्रिय उडानमा मात्रै रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एपमार्फत घरमै बसेर केही क्लिक गरेकै भरमा आफूलाई चाहिएको गन्तव्यको टिकट खरिद गर्न सकिन्छ।एपबाट यात्रुले सजिलै आफ्नो वा आफन्तको उडानबारे सजिलै जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एपबाट भाडादर, उडान तालिका एवं समय परिवर्तन, उडानको अवस्थालगायत पर्यटकीय गन्तव्यहरुबारे विस्तृत जानकारी लिन सकिन्छ। एयरलाईन्स वा ट्राभल एजेन्सीमार्फत काटेको टिकट कोडमार्फत मोबाइलमै हेर्न सकिने कम्पनीले जनाएको छ।
एपमा नेपाली र विदेशी दुवैले टिकट काट्न पाउने व्यवस्था छ। नेपाली र भारतीयलाई एउटा भाडादर र तेस्रो मुलुकका नागरिकलाई डलर भाडादर भएको कम्पनीले बताएको छ।
बुद्धका साना ठूला गरी १२ वटा जहाज सञ्चालनमा छन्। बुद्धसँग ७२ सिटका एटीआर विमान ७ वटा, ४७ सिटका ३ वटा र १८ सिटका २ वटा जहाज सञ्चालनमा छन्। कम्पनीसँग ७ वटा एटीआर ७२–५००, ३ वटा एटीआर ४२–३२० र २ वटा विचक्राफ्ट १९००डी रहेका छन् ।