नेपालगन्ज–व्यावसायिक तथा सीप बिकास तालिम केन्द्र नेपालगञ्जले गत आर्थिक २०७५/०७६वर्षमा ६ सय १८ जनालाई प्रशिक्षण दिएको छ । तालिम प्राप्त मध्ये अधिकांस स्वरोजगारमा केन्द्र प्रमुख जेन्टिल गौतमले जानकारी दिए ।
कम्प्युटर, श्रृगांर, सिलाई कटाई, वेल्डिगं, कुक, मोटरसाईकल मर्मत,होजियारी जस्ता ७ सय ३० घण्टादेखि ३ सय ९० घण्टाको प्रशिक्षण दिइएको छ । सबैभन्दा बढि सुरक्षागार्ड तालिम लिनेहरु रहेका छन् । केन्द्र प्रमुख गौतमले तालिम प्राप्त मध्ये झण्डै ७० प्रतिशत स्वरोजगार भएको र बाँकी अन्य बैदेशिक रोजगारीमा लागेको बताए ।
मंगलबार मात्र कम्प्युटर, केश श्रृङ्गार र कटाई सिलाई तालिम आज सकिएको छ । तालिममा सहभागि ७३ जना प्रशिक्षार्थीलाई आज औपचारिक समारोहकाबीच केन्द्रका प्रमुख जेन्टिल गौतमले प्रमाणपत्र प्रदान गरे । सो अवसरमा बोल्दै प्रमुख गौतमले व्यावसायिक तथा सीप बिकास तालिम केन्द्र नेपालगन्जले तालिममार्फत वर्षेनी सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए । तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्दै रोजगार वा आफै स्वरोजगारमुलक व्यवसाय गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै उनले त्यसको लागि आवश्यक सहयोग र समन्वयको लागि आफू प्रतिवद्ध रहेको उल्ल्ेख गरे ।
अछामबाट नेपालगन्ज आएर तीनमहिने कटाई सिलाई तालिम लिनुभएकी लक्ष्मी कुँवरले तालिम सिकेर आफ्नै खुट्टामा उभिने आँट आएको बताइन ।
छ महिने कम्प्युटर तालिम सिक्नुभएका चक्र ढुंगानाले व्यावसायिक तथा सीप बिकास तालिम केन्द्र नेपालगन्जबाट आफुहरुले रोजगारमुलक सीप सिक्न पाएकोमा खुशी व्यक्त गरे । व्यावसायिक तथा सीप बिकास तालिम केन्द्र नेपालगन्जका प्रशिक्षक अञ्जु खनाल र शैलेस केसीले तालिमको सदुपयोग गर्दै पेशा वा व्यवसायमा लाग्न आग्रह गरे ।