१. भ्याट दर्ता
दफा १०(क)
ईटा उत्पादन गरी कारोवार गरेमा, मदिरा, वाइन, हेल्थ क्लब, डिस्को थेक, मसाज थेरापी, मोटर पार्टस, विद्युतीय सफ्टवेयर, भन्सार एजेण्ट, खेलौनाको व्यवसाय, कवाडी तथा पत्रुको व्यवसाय (मदिरा डिष्ट्रिव्युटर, वाइन सप, सफ्टवेयरको सट्टामा राखिएकोे), ट्रेकिङ, ¥याफ्टिङ, अल्ट्रालाइट फ्लाइट, प्याराग्लाइडिङ, पर्यटक सवारी, क्रसर, वालुवा खानी, स्लेट र ढुंगा उद्योग सम्बन्धी व्यवसाय सञ्चालन गर्ने व्यक्ति अनिवार्य दर्ता हुनु पर्दछ ।
मदिरा, वाइन, विद्युतीय सफ्टवेयर (मदिरा डिष्ट्रिव्युटर, वाइन सप, सफ्टवेयरको सट्टामा राखिएकोे)
हेल्थ क्लब, डिस्को थेक, मसाज थेरापी (तोकिएको क्षेत्र भन्दा बाहेक पनि)
मोटर पार्टस, भन्सार एजेण्ट, खेलौनाको व्यवसाय, कवाडी तथा पत्रुको व्यवसाय (थपिएको)
दफा १०(ख)
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा विभागले तोकेको क्षेत्रभित्र, हार्डवेयर, सेनिटरी, फर्निचर, फिक्स्चर, फर्निसिङ्ग, अटोमोवाइल्स, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स, मार्बल, शैक्षिक तथा कानुनी परामर्श, लेखा तथा लेखापरिक्षण सम्बन्धि सेवा (शैक्षिक परामर्श, डिस्को थेक, हेल्थ क्लब, मसाज थेरापी, ब्यूटीपार्लरको सट्टामा राखिएकोे), क्याटरिङ्ग सेवा, पार्टी प्यालेस व्यवसाय, पार्किङ सेवा, मेशिनरी उपकरण प्रयोग भएको ड्राईक्लिनर्स, बार सहितको रेष्टुरेण्ट, आइसक्रिम उद्योग, कलरल्याब, बुटिक, सुटिङ्ग सर्टिङ्गको सामान सहितको टेलरिङ्ग व्यवसाय, शिक्षण संस्था वा स्वास्थ्य संस्था वा अन्य निकायमा युनिफर्म आपूर्ति गर्ने ।
कानुनी परामर्श, लेखा तथा लेखापरिक्षण सम्बन्धि सेवा (थपिएको)
डिस्को थेक, हेल्थ क्लब, मसाज थेरापी, (अब गाँउपालिकामा पनि)
ब्यूटीपार्लरको (हटाइएकोे)
२. भ्याट दर्ता भएकैसँग कारोवार
नियम ६क.
सरकारी निकाय वा सार्वजनिक संघ, संस्थाले वा दर्ता भएको व्यक्तिले वार्षिक रु. ५ लाख भन्दा बढीको ठेक्कापटृा वा परामर्श सेवा लिंदा दर्ता भएको व्यक्तिसंग मात्र दिनु लिनु पर्नेछ । (गत आ.ब. सम्म वार्षिक रु. १ लाख भन्दा बढीको परामर्श सेवा थियो)
३. दर्ता अभिलेख अद्यावधिक (थपिएको)
दफा १०ग.
यस ऐन बमोजिम दर्ता भएका व्यक्तिले विभागले तोके बमोजिमको दर्ता सम्बन्धि सूचना र अभिलेख विभागको वायोम्याट्रिक दर्ता प्रणालीमा तोकिएको अवधिभित्र अद्यावधिक गर्नु पर्नेछ ।
नियम ७ख. वायोमेट्रिक प्रणालीमा अभिलेख अद्यावधिक गर्ने अवधि
दर्ता भएका व्यक्तिले आफ्नो अभिलेख सम्बत् २०७७ साल असार मसान्तभित्र ऐनको दफा १०ग बमोजिम वायोमेट्रिक प्रणालीमा अभिलेख अद्यावधिक गराउनु पर्ने । (थपिएको)
४. कर कटृी गर्न नपाईने वस्तु वा सेवाहरु
नियम ४१(१)(ग)
पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल र एल.पि. ग्यास) (गत बर्षसम्म, सवारी साधनको लागि हल्का पेट्रोलियम (पेट्रोल) इन्धन थियो)
५. करको भुक्तानी
दफा १९(७क)
रु. १० लाख भन्दा बढीको कर भुक्तानी गर्दा चेक, ड्राफ्ट वा विद्युतीय माध्यमबाट भुक्तानी गर्नु पर्नेछ । (थपिएको)
नियम ६ग. ठेक्का र वस्तु आपूर्ति वापतको कर भुक्तानी सम्बन्धि विशेष व्यवस्था
सरकारी निकाय वा नेपाल सरकारको पूर्ण वा आशिक स्वामित्व भएको संघसंस्थाले ठेक्का वा करार अन्तर्गत आपूर्ति हुने वस्तु वा सेवा वा वस्तु तथा सेवा आपूर्ति वापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजलाई भुक्तानी गर्ने कर रकमको ५०% ले हुन आउने रकम निजको नामबाट सम्बन्धित राजस्व शिर्षकमा जम्मा गरी बाँकी रहने कर वापतको रकम मात्र भुक्तानी गर्नुपर्ने । यसरी जम्मा भएको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्ताले बुझाउनु पर्ने करमा मिलान गर्न पाउने ।
६. कर फिर्ता
दफा २४(३)
लगातार ४ महिनासम्म (गत बर्षसम्म ६ महिना थियो) मिलान गरेर बाँकी रहेको रकम दर्ता भएको व्यक्तिले एकमुष्ट फिर्ता पाउन तोकिए बमोजिम कर अधिकृतसमक्ष निवेदन दिन सक्नेछ ।
दफा २५(१)(क१)े
(क१) नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सिफारिसमा कूटनीतिक सुविधा प्राप्त नियोगले नेपालभित्र कर लाग्ने वस्तु वा सेवा खरीद गर्दा तिरेको करको रकम । (थपिएको)
दफा २५(१क)
कुटनीतिक निकाय वा कुटनीतिज्ञले कर लाग्ने वस्तु वा सेवा खरीद गर्दा तिरेको कर एक पटकमा १०,००० (गत बर्षसम्म ५,००० थियो) रुपैयाँँभन्दा कमको खरीदमा फिर्ता गरिने छैन ।
दफा (१ख)
कुनै उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको १०% रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ ।
नियम ४५(२क)
कूटनीतिक नियोग तथा कूटनीतिज्ञले कर फिर्ता प्रयोजनका लागि विभागमा सूचिकृत भएका फर्म तथा कम्पनी (रिफण्ड सप) बाट खरिद गरिएको वस्तु तथा सेवामा तिरेको कर विभागले तोकेको प्रक्रिया बमोजिम ३० दिनभित्र फिर्ता गरिने । (थपिएको)
७. दण्ड सजाँय
दफा २९(१)(ख२)
दर्ताको लागि दिएको दरखास्तमा उल्लेखित विवरणमा कुनै परिवर्तन भएमा त्यस्तो परिवर्तन भएको १५्र दिनभित्र दर्ता भएको व्यक्तिले कर अधिकृतलाई सो कुराको जानकारी दिनु पर्नेमा नदिएमा पटकै पिच्छे रु.१०,०००, (पहिले उपदफा (ख) मा पटकै पिच्छे रु.१००० थियो)
दफा २९(१)(ग)
बीजक नदिएमा पटकै पिच्छे रु. १०,००० (गत आ.ब. सम्म प्रत्येक पटक रु.५,०००ँ थियो) ।
बीजक नलिएमा पटकै पिच्छे रु. १,०००, (थपिएको)
दफा २९(१)(ग१)
रु. १०,००० ँभन्दा बढीको कर लाग्ने वस्तु विभागले तोकेको क्षेत्र वाहिर ढुवानी गर्नेले कर वीजक साथमा नराखेमा पटकै पिच्छे रु. १०,०००, (पहिले रु. ५,००० थियोे)
दफा २९(१)(ट)(१ग)
(१ग) वस्तु तथा सेवाको हस्तान्तरण नगरी बीजक मात्र जारी गरेमा जारी बीजक मूल्यको ५०٪ जरिुवाना वा ६ महिनासम्म कैद वा दुवै लगाउन सक्नेछ । (यस आ.ब.मा थपिएको)
६. प्र्रशासकीय पुनरावलोकनको लागि धरौटी
दफा ३१क(६)
विवादित कर रकमको एक चौथाई रकम (गत आ.ब.सम्म एक तिहाई रकम थियो) दाखिला गर्नु पर्ने ।
७. अनुसूचि १
आँटा, सोयाबडि मस्यौरा, टेम्पो र ढुवानी सेवा अनुसूचि १ बाट हटेको हुदाँ मू.अ.कर लाग्ने भएको छ ।