नेपालगञ्ज -सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब सांग्रिलाका ग्राहकले मुलुकभर फैलिएको ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।