नेपालगञ्ज – खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले ‘हरित खजुरा प्रोजेक्ट’ का लागि उज्वेकिस्तानमा भएको सम्झौताका बारेमा औपचारिकरुपमा जानकारी गराएका छन् । बुधवार एक बृहद कार्यक्रमको आयोजना गरी सम्झौताका बारेमा जानकारी गराउनुका साथै अन्तरक्रिया समेत गरेका थिए ।
गाउँपालिका अध्यक्ष कक्षपतिले हरित खजुरा प्रोजेक्ट ‘सुनौलो अवसर’ भएको बताए । उनले भने,–‘ खजुराका लागि मात्र होइन देशका लागि पनि उदाहरण दिने अवसर प्राप्त भएको छ । हामी अत्यन्त उत्साहित छौं ।’ कृषिक्षेत्रका माध्यमबाट सम्बृद्धी भएको देख्न अबका केही वर्षमा देश बिदेशका मानिसहरु खजुरामा आउने कक्षपतिले बताए ।
https://nepalgunjbusiness.com/2019/07/8755/?fbclid=IwAR0GbkXS-F1BjcdBb1YVP9YKs7GB4i84alcZkBWmF2LswXzs3ycESCXKMtc
https://nepalgunjbusiness.com/2019/07/8777/