सुर्खेत उद्योग वाणिज्य संघ पनि आन्दोलनमा


सुर्खेत -श्रावण १ गतेदेखि लागू गरेको भीसीएसटी प्रणाली लगायतका अन्य नीति नियम अव्यवहारिक भएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघले आन्दोलन शुरु गरेको छ । त्यस्ता प्रावधान खारेजीको माग गर्दै संघले गरेको विरोध प्रदर्शन गर्दै सरकारको ध्यानार्कषण गराएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का मार्फत प्रधानमन्त्रीको ध्यानार्कषण गराइएको अध्यक्ष धन बहादुर रावतले जानकारी दिए । उनले कर मात्र बृद्धि गरेर सम्बृद्धि नआउने भएकाले अव्यवहारिक प्रावधान खारेज गर्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित मितिः     ३ श्रावण २०७६, शुक्रबार १५:५०  |