सहकारी प्रशिक्षालयको वेयभसाइड सञ्चालन


नेपालगञ्ज – सहकारी प्रशिक्षालयले वेयभसाईड https://ctcbanke.gov.np/?lang=np सञ्चालनमा ल्याएकोछ । उक्त कार्यालयले सहकारी सम्बन्धी शिक्षा, तालिम, अध्ययन र अनुसन्धानमूलक क्रियाकलापहरु गर्दै आएको छ । प्रदेश नं. ५ मा सहकारी आन्दोलनलाई अगाडि बढाउने मूलभूत उद्देश्यका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५, बुटवल अन्तर्गत रहने गरी वि.सं. २०७५ साल मंसीर ७ गतेदेखि विधिवत रुपमा सञ्चालन आएको थियो ।

बाँके जिल्लाको सदरमुकाम नेपालगञ्ज उप–महानगरपालिकाको वडा नं. १८ स्थित ०—११—२ (विगाहा) क्षेत्रफलमा फैलिएको प्रशिक्षालयको कार्यालय भवन, महिला तथा पुरुष छात्रावास, तालिम हलहरुका अतिरिक्त पुस्तकालय कक्ष समेत रहेका छन् । स्थापना कालदेखि प्रशिक्षालयले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५, बुटवलबाट स्वीकृत वार्षिक कार्यक्रमको परिधिभित्र रही आफ्ना क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ । यस क्रममा प्रशिक्षालयले आ.व. ०७५र७६ मा करिव ५०० जना जनशक्तिलाई प्रशिक्षण सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मितिः     ३ श्रावण २०७६, शुक्रबार १६:११  |