नेपालगञ्ज- भार्गव विकास बैंक लिमिटेडको शेयर स्वामित्व संरचना परिवर्तन भएको छ । रजिष्ट्रार कार्यलयबाट जेठ ३० गते प्रबन्धपत्र नियमावालीमा संशोधन भए अनुसार संस्थापक समूहको शेयर ५५ दशमलव ५० प्रतिशत र सर्वसाधारण समूहको ४४ दशमलव ५० प्रतिशत रहने गरी कायम भएको हो ।
संस्थापक समूहको २७ लाख ८३ हजार ८८० कित्ता र सर्वसाधारणतर्फको २२ लाख ३२ हजार १२० कित्ता शेयर साउन २ गतेको निर्णय अनुसार कारोबार योग्य भएको सूचना कम्पनीले दिएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते तथा नेपाल नेपाल राष्ट्र बैंकले जेठ ५ गते शेयर स्वामित्व संरचना परिवर्तन गर्ने स्वीकृति दिएको थियो ।