सुर्खेत – सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवं नेकपा सुर्खेतका अध्यक्ष धुर्ब कुमार शाहीले सांसद विकास कोष अन्र्तगत भएका विकास, निर्माणको कामको अनुगमन गरेका छन् । सांसद शाहीले मेहेलकुना अस्पतालको डिजिटल एक्सरे मेशिन हस्तान्तरण गरे । त्यसक्षेत्रको स्वास्थ्य क्षेत्रको सुधारमा महत्वपूर्ण भूमिका रहने एक्सरे मेशिन उद्घाटन गर्दै सांसद शाहीले अस्पतालको सुधारमा आगामी दिनमा पनि सहयोग गर्ने बचन दिए । उनले प्रतिक्षालय उद्घाटन कार्यक्रम सम्पन्न गरे ।
सांसद शाहीले गुर्भाकोट बहुमुखी क्याम्पस, दहचौरको लिफ्छ सिंचाई आयोजना लगायतको काम अनुगमन तथा निरिक्षण गरेका थिए । विकास, निर्माणको निरिक्षणका क्रममा बोल्दै सांसद शाहीले आफ्नो निर्बाचन क्षेत्रको विकासका लागि सबै तहका सरकारबीच समन्वय रहने बताएको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शशी भटटराईले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै गुर्भाकोट नगर प्रमुख हस्त पुनले समग्र नगर बिकासको लागि प्रदेश तथा केन्द्र सरकार सङ समन्वय रहने उल्लेख गरे ।