नेपालगञ्ज : सडक बन्यो त्यही पनि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र आज बिहान परेको झरीले जलमग्न भएको छ । शहरका अन्य ठाउँ त जलमग्न भएका छन् नै सबैभन्दा चर्चाको बिषय न्यूरोड बनेको छ । जहाँ गत आर्थिक वर्षमा सडकको उचाई बढाएरै निर्माणको काम गरिएको थियो । तर पनि आज जलमग्न भयो ।
नेपालगञ्जको ढल र सडक सुधारका लागि एशियाली विकास बैंकको सहयोगमा शहरी विकास परियोजना सञ्चालनमा छ । उक्त परियोजनाले नेपालगञ्ज शहरका कयौं सडक र ढल निर्माणको काम सम्पन्न गरिसकेको छ । उक्त काम सकिएपछि सहजरुपमा ढल व्यवस्थापन हुने अपेक्षा गरिएको थियो ।