एजेन्टको ‘भञ्सारबन्दी’ले चार दिनदेखि नाकामै थन्किए ढुवानीका साधन


नेपालगञ्ज – ढुवानी एजेन्टले भन्सारबाट सामान छुटाउन नमानेपछि बिहिवारदेखि दर्जनौ ढुवानीका साधन नेपालगन्ज नाकामा रोकिएका
छन् । भ्याटमा दर्ता हुनुपर्ने नीति सरकारले ल्याएपछि त्यसको विरोधमा काम बन्द गरेर भन्सार एजेन्ट आन्दोलनमा उत्रिएका छन् ।

नाकामा आएका ढुवानीका साधनको कागजी प्रक्रिया पु¥याएर मालसामान सम्बन्धित ठाउँमा पु¥याउन सहयोग गर्दै आएका भन्सार एजेन्ट र उनीहरुका प्रतिनिधिले काम बन्द गरेका कारण नेपालगन्ज नाकामा आएका साधन अलपत्र परेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको
छ ।

‘नयाँ आर्थिक बर्षको पहिलो दिनदेखि नै काम बन्द गरेर भन्सार एजेन्टहरु आन्दोलनमा उत्रिएका छन, एजेन्टले काम नगर्दा मालबाहक गाडी नाकामा अलपत्र परेका छन्,’ नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले भने ।

 

प्रकाशित मितिः     ५ श्रावण २०७६, आईतवार १७:५३  |