कुल ७५३ स्थानीय तहमध्ये २०७६ साउनसम्म ७ सय ३२ स्थानीय तहमा वाणिज्य बैङ्क पुगेका छन् । त्यस्तै, अझै वाणिज्य बैङ्क नपुग्ने स्थानीय तहको संख्या २१ रहेको छ ।
२१ स्थानीय तहहरुमा आधारभूत भौतिक सुविधाहरु नपुगेकाले बैङ्क शाखा जान समस्या भएको राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कको जेठ मसान्तसम्मको तथ्यांक अनुसार ७ सय ३० तहहरुमा वाणिज्य बैङ्कहरुका शाखा विस्तार भएका छन् ।
असारमा २ ओटा थपिएर ७ सय ३२ पुगेको हो । बैङ्क तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १ सय ५१ रहेकोमा २०७६ जेठ मसान्तमा १७६ पुगेको छ । २०७६ जेठसम्म वाणिज्य बैङ्कहरुको २८ वाणिज्य बैङ्क, ३२ विकास बैङ्क, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैङ्क सञ्चालनमा रहेका छन् । बैङ्क तथा वित्तीय संस्थाहरुको शाखा सङ्ख्या २०७५ असार मसान्तमा ६ हजार ६ सय ५१ रहेकोमा २०७६ जेठ मसान्तमा ८ हजार ५ सय ६४ पुगेको छ ।