फरक वित्तीय विवरण बनाएर कर्जा लिन नपाइने


नेपालगञ्ज -कर कार्यालयमा बुझाउने अडिट रिपोर्ट एउटा र बेंकबाट कर्जा लिन बुझाउने अडिट रिपोर्ट फरक पाइएपछि आन्तरिक राजश्व कार्यालयले बैंकरहरुलाई एकै ठाउँमा राखि छलफल गरेको छ । फरक फरक वित्तीय विवरण बुझाउन नपाउने व्यबस्था कार्यान्वयन हुन नसकेको परिप्रेक्षमा आन्तरिक राजश्व कार्यालयले यस्तो छलफल गरी तत्कालै कार्यान्वयन गर्न निर्देशन गरेको छ । व्यवसायीहरुले कर कार्यालय र बैंकमा छुट्टाछुटै वित्तीय विवरण बुझाउने गरेको चौतर्फी आरोप लागेको छ । गत वर्षको बजेटमार्फत सरकारले एउटै वित्तीय विवरण तयार गर्नुपर्ने र बुझाउनुपर्ने व्यवस्था गरेको थियो ।

प्रकाशित मितिः     ६ श्रावण २०७६, सोमबार १६:४४  |