नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य महासंघ र नेपाल ट्रक यातायात व्यवसायी महासंघले भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’ (भिसिटिएस) का बिरुद्धमा गर्दै आएको आन्दोलन फिर्ता लिएको छ । सरकारसंग चरणबद्ध बार्ता पछि समस्या समाधान्मुख हुँदै गएको भन्दै आन्दोलन फिर्ता गरिएको हो ।
सरकारले पाँच सदस्यीय कार्यदल गठन गरी समस्या समाधानको खोजी गर्ने निर्णय गरे पछि तत्काललाई आन्दोलन फिर्ता भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यदलको निर्णइ नआएसम्म आन्दोलन रोकिएको हो ।
त्यस्तै सरकार र ट्रक व्यवसायी महासंघ बीच आज भएको बार्तामा समस्या समाधानन्मुख भएको भन्दै ढुवानीको काम रोक्ने निर्णय फिर्ता लिएको महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाले जानकारी दिएका छन् । आज एक प्रेस बिज्ञप्ती जारी गरी सरकारसगको बार्ता सफल भएको भन्दै ढुवानीको काम सुचारु गर्न आह्वान गरिएको छ ।