अब विदेशी मुद्रा साट्न बैंकमै धाउनुपर्ने झन्झटको अन्त्य भएको छ । प्रभु बैंकले मोबाइल एप्लिकेसनबाटै मुद्रा सटही गर्न सकिने सुविधाको सुरुवात गरिसकेको छ ।
प्रभु बैंकद्धारा संचालित अत्याधुनिक प्रविधियुक्त गुणस्तरिय बैंकिङ एप प्रभु इजी फोरेक्सको प्रयोगबाट विदेशी मुद्रा साट्न सकिन्छ । वैदेशीक रोजगारीमा जाने अथवा अन्य कामको सिलसिलामा विदेश जाने नेपालीहरुले प्रभु बैंकको काउन्टरमा यस एपमार्फत विदेशी मुद्रा सटही गर्न सक्नेछन् ।
प्रभु इजी फोरेक्स एप्लीकेसन मोवाइल एप हाल प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । एपस्टोरमा पनि चाँडै उपलब्ध गराउने बैंकको योजना छ ।
यस एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाइन आवेदन गरि आवश्यक सम्पूर्ण व्यक्तिगत विवरण दिन सकिन्छ । त्यस पश्चात आवेदकलाई बैंकवाट केही समयभित्रमै सन्देश मार्फत सटहीको कन्फर्मेसन प्रदान गरिन्छ । आवेदकले आफ्नो अनूकुल समयमा तोकिएको शाखा तथा काउण्टरवाट बैदेशिक मुद्रा संकलन गर्न सक्नेछन् ।
प्रभु बैंकको त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलस्थित काउण्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ ।