बाँके – बाँकेमा रातभर पानी परेपनि राप्ती नदिको सतह सामान्य अवस्थामा रहेको छ । जिल्ला आपत्तकालिन उद्धार कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत गौरी बुढाथोकीका अनुसार, बिहानसम्मको अपटेडमा राप्ती नदिको सतह २.८६ मिटर रहेको छ । जुन सामान्य मानिन्छ । नदिमा पानीको सतह ५. ४० मिटरलाई अति नै खतरा मानिन्छ ।

पहाडमा धेरै पानी नपरेपछि राप्ती नदिमा पानीको सतह खासै बढ्दैन । नदिमा पानीको सहत नबढेपनि दुई दिन लगातार पानी पर्ने भनेका उच्च सतर्कता अपनाइएको बुढाथोकीले बताए । ‘हामी अलर्ट अवस्थामा छौं ।’– उनले भने ।