किचन टपमा चिकन थुप्काको स्वाद !


नेपालगञ्ज – लगातार पानी परेपछि नेपालगञ्जको मौसम चिसो भएको छ । यस्तो मौसममा सेवाग्राहीलाई लक्षित गर्दै सुर्खेतरोडस्थित किचन टप रेष्टुरेण्टमा चिकन थुप्काको परिकार उपलब्ध गराउन शुरु गरेको छ । चिकन थुप्का चिसो छल्न राम्रो मानिन्छ । स्वाद असाध्यै मिठो हुने भएकाले सेवाग्राहीको आर्कषण बढेको किचन टपका प्रबन्धक निर्देशक इन्द्रमान थापाले जानकारी दिए । उनले भने,–‘सेवाग्राहीको रुचीलाई ध्यानमा राखेर यो बनाएका हौं ।’

प्रकाशित मितिः     ९ श्रावण २०७६, बिहीबार १६:५३  |