बाँके चेम्बर अफ कमर्शको अध्यक्षमा अग्रवाल (कार्यसमितिको नामावली सहित)


नेपालगञ्ज – बाँके चेम्वर अफ कमर्शको प्रथम अधिवेशन तथा साधारणसभा बिहिवार नेपालगञ्जमा सम्पन्न भएको छ । व्यवसायीक हकहितका बिषयमा बृहद छलफल गर्नुका साथै अधिवेशनले शतिश अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा क्रमश – गोपाल अधिकारी, मधुसुदन रिजाल रहेका छन् ।

यस्तै महासचिवमा सञ्जय थापा, कोषाध्यक्षमा श्यामकुमार शर्मा, सह-कोषाध्यक्षमा तनबिर जमाल हल्वाई छन् । कार्यसमिति सदस्यमा क्रमश – चम्पालाल बोथरा, अशोक कुमार बस्नेत, अबनिश कुमार अग्रवाल, भिम सुवेदी, टेकबहादुर खड्का, प्रकाश लामिछाने चयन भएका छन् । बाँके अन्य तीन जना सदस्य मनोनित हुने व्यवस्था रहेको महसचिव थापाले जानकारी दिए ।

अधिवेशनमा सहभागि उद्योगी, व्यवसायीले राजनीतिक अस्थिरता भएपनि अस्पष्ट व्यवसायीक नीतिले निजी क्षेत्र प्रभावित भएको बताए । साउनबाट लागू भएका कयौं नयाँ नीति उद्योग, व्यवसायलाई समस्यामा पार्ने खालका भएको भन्दै व्यवसायीक एकतामा जोड दिइएको थियो । यस्तै चेम्बरलाई व्यवस्थित बनाउन बिभिन्न काम गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मितिः     १० श्रावण २०७६, शुक्रबार ०९:५७  |