मनपरी सल्लाहकार नराख्न बाँकेका स्थानीय तहलाई जिसस संयोजकको सुझाव


नेपालगञ्ज – जिल्ला समन्वय समिति बाँकेले आज आयोजना गरेको वार्षिक समिक्षामा स्थानीय तहले राखेका बिभिन्न सल्लाहकारका बिषयमा असन्तुष्टि पोखिएको छ । जिसस संयोजक अजय श्रीवास्तवले स्थानीय तहले मनपरी सल्लाहकार नियुक्त गर्न नपाउने चेतावनी दिए । बिधि सम्मत तरिकाले सल्लाहकार राख्न उनले आग्रह गरेका छन् ।

समिक्षा बैठकमा सांसद र स्थानीय तहकै जनप्रतिनिधि नआएपछि श्रीवास्तव खिन्न महसुस गरे । तर उक्त कार्यक्रममा सांसदहरु त आएनन् नै स्थानीय तहका जनप्रतिनिधिले पनि महत्व नदिए पछि संयोजक श्रीवास्तव आक्रोसित बनेका थिए ।

‘स्थानीय तहको यो पनि एउटा संसद हो, यस्का सदस्य सांसदहरु पनि हुन । आफ्नै जिल्लाको समिक्षा गर्न कोहि पनि उपस्थित नभएपछी उनीहरुप्रति खेद व्यक्त किन नगर्ने ?’ उनले भने । २/३ पटक सम्म सबै सांसदहरुलाई फोन गरेर उपस्तिथिका लागि निमन्त्रणा गर्दा समेत उपस्थित नभए पछि आफुले खेद व्यक्त गरेको उनले बताए ।

संयोजक श्रीवास्तवले सबै स्थानिय तहको प्रगति सरदर ७५ प्रतिशत मात्र देखिएकोले आफू खुशी हुन नसकेको बताए । उनले स्थानिय तहप्रति ईंगित गर्दै भने ‘आफ्नै खातामा रहेको पैसा समेत किन खर्च गर्न सकिएन ?’

प्रकाशित मितिः     १० श्रावण २०७६, शुक्रबार १६:५८  |