बाँके : नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी ( एनआइ पिएस) बाँकेको शुक्रबार नेपालगन्जमा कार्यसमिति गठन भएको छ। बाँकेमा रहेका इन्स्योरेन्स सेक्टरलाई अगाडि बढाउने उद्देश्यले गठन गरिएको उक्त कार्यसमितिको अध्यक्षमा युनाइटेड इन्स्योरेन्सका डि.एन गिरी चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा प्रीमीएर इन्स्योरेन्सका सागर राज शाक्य , महासचिवमा प्रुडेन्सिएलका सुबोध श्रेष्ठ , सचिवमा राष्ट्रिय बिमा कम्पनीका नवीन शर्मा पौडेल , कोषाध्यक्षमा सानिमा जनरल इन्स्योरेन्सका वसन्तराज घिमिरे चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरुमा हिमालयन जनरल इन्स्योरेन्सका अन्जु सिग्देल , ओरेन्टिएल इन्स्योरेन्सका पि.अशोकन, एभरेस्ट इन्स्योरेन्सका सन्जय गौतम र प्रभु इन्स्योरेन्सका श्यामभक्त मल्ल चयन हुनुभएको छ।