तुलसीपुरमा पहिलो दुग्ध प्रशोधन उद्योग स्थापना हुदै


तुलसीपुर, साउन 
दाङको तुलसीपुरमा करिब ३ करोडको लागतमा तुलसी डेरी दुग्ध प्रशोधन उद्योग संचालन हुने भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले पाँचौ परियोजनाको रुपमा उद्योगलाई संचालनमा ल्याउन लागेको हो ।

दुग्धजन्य सामाग्रि उत्पादन तथा बजारीकरणका लागि दुग्ध प्रशोधन उद्योगका रुपमा तुलसी डेरी उद्योग संचालन गर्न लागेको संस्थाका अध्यक्ष शुक्तराज भण्डारीले जानकारी दिनुभयो ।
प्रदेश सरकारको १३ लाख अनुदान,तुलसीपुर उपमहानगरपालिकाको ४५ लाख सहुलियतकर्जा र बाँकी संस्थाको २ करोड ४२ लाखको लागतमा उद्योग संचालनमा आउने भएको हो ।

उद्योग संचालनका लागि करिब ३ कठ्ठा जग्गा खरिद गरिसकेको र उद्योग का लागी आवश्यक अन्य सामाग्रि खरिद गरिसकेको अध्यक्ष भण्डारीले बताउनुभयो । उद्यदोगको पलान्ट भने यसै वर्षको अन्तिम सम्ममा संचालनमा ल्याउने र आवश्यक संरचना निर्माण गरिरहेको उहाँको भनाई छ ।
तुलसीपुरमै पहिलो पटक संचालनमा आउन लागेको दुग्ध प्रशोधन उद्योगले दुग्धजन्य सामाग्रि उत्पादन तथा बिक्रि वितरण गर्ने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
संस्थामा आवद्द सदस्यहरुमध्य धेरै शेयर सदस्यहरु कृर्षि पेशामा संलग्न छन तर किसानले उतपादन गरेको दुग्धजन्य पदार्थले उचित वजार पाउन नसकेको भन्दै संस्थाले विगत २ वर्ष अघि देखी डेरी उद्योग सञ्चालनका लागी छुट्टै समिती नै वनाएर सम्भाव्यता अधययन थालेको थियो ।सजलाई सहजताका लागी युवा तथा स्वरोजगार कार्यक्रम अन्र्तगत प्राप्त सहुलीयत कर्जा सदस्यहरुलाई लगानी गरी गाई,भैँसी पालनका लागी उत्प्रेरीत गरीएको छ । यसैलाई कार्यान्यनका लागी यसै वर्षदेखी कालागी उद्योगले साउन १ गतेदेखि तुलसीपुरको गुल्मचोदेखी दुध संकलन तथा विक्रिवितरण भने शुरु गरिसकेको संस्थाका व्यवस्थापक जनक भण्डारीले वताउनुभयो।
उद्योग स्थापना संगै किसानले उत्पादन गर्ने दुग्धजन्य सामाग्रिको बजारीकरणमा सहयोग पुग्ने छ भने सयौ किसान विचौलियावाट जोगीने छन ।
यसैबिच तुलसीपुर उपमहानगरपालिकाले संस्थालाई सहुलीएत कर्जा वापतको ४५ लाख रकमको चेकआगामी ३ वर्षभित्र फिर्ता गर्नेगरी हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीलाई नगरप्रमुख घनश्याम पाण्डेले ४५ लाखको चेक हस्तारण गर्नुभएको हो । चेक हस्तारणगर्दै नगरप्रमुख पाण्डेले डेरी उद्योगले कृषि प्रवद्र्धनमा ठुलो सहयोग पु¥याउने बताउनुभयो । किसानले उत्पादन गरेको दुध विक्री नहुँदा पनि संकलन गर्न सकियोस् भनेर तुलसीदुग्ध उद्योगलाई सहुलीयतकर्जा सहयोग स्वरुप उपलब्ध गराएकाको उहाँले वताउनुभयोे।
गत वर्षकै उपमहानगरको योजना अनुसार तुलसीपुरमा सहकारीका माध्यमवाट दुग्ध प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य अनुसार यसको शुरुवात गरीएको उहाँले वताउनुभयो।

प्रकाशित मितिः     १२ श्रावण २०७६, आईतवार १६:५२  |