गाई बचाउ अभियानले भेट्यो मेयर, उपमहानगरले ट्याक्टर र कामदारको व्यवस्थापन गर्ने


नेपालगञ्ज – सडकका पशुचौपायको व्यवस्थापनका लागि स्वस्फुर्तरुपमा चलेको ‘नेपालगञ्ज ग्यालरी गाई बचाउ अभियान’का अगुवाहरुले आज नेपालगञ्जका मेयर धवल शमसेर राणालाई भेटेका छन् । युवाहरुको सक्रियतामा शुरु भएको अभियानले गाई बचाउन ध्यानार्कषण गराएको छ ।

अभियानका तर्फमा अभियानका अगुवा समिरमान श्रेष्ठ, विवेक श्रेष्ठले मेयर राणालाई पशुचौपायको अवस्था र त्यसको व्यवस्थापनका विषयमा ध्यानार्कषण गराएका छन् । मेयर राणाले गाई व्यवस्थापनका लागि तत्काल ट्याक्टर र काम गर्ने कर्मचारीको व्यवस्था गर्ने घोषणा गरेका छन् । ट्याक्टर र कर्मचारी घाँस व्यवस्थापनमा प्रयोग विवेक श्रेष्ठले बताए ।

प्रकाशित मितिः     २३ श्रावण २०७६, बिहीबार १५:५१  |