रुपन्देही व्यापार संघको अधिवेशन कार्तिक २८ मा


बुटवल, भदौं । रुपन्देही व्यापार संघले आफ्नो स्थापना भएको दिनमा १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन गर्ने निर्णय गरेको छ । संघको बुधवार बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । बैठकले संघको स्थापना दिन आगामी कार्तिक २८ गते अधिवेशन गर्ने निर्णय गरेको संघका महासचिव प्रकाश ढकालले बताउनु भयो ।

संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले अधिवेशन सम्पन्न गर्न आवश्यक तथा अन्य विभिन्न निर्णयहरु गरेको छ । अधिवेशन अन्तरगत नया कार्यसमिति चयनका लागि हुने निर्वाचन सम्पन्न गर्न संघका कानुनी सल्लाहाकार यमलाल खनाल प्रमुख निर्वाचन आयुक्त रहने गरि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

समितिमा संघका प्रेस सल्लाहाकार सुमन अधिकारी र नेपाल पत्रकार महासंघ, रुपन्देहीका सचिव राम प्रसाद आर्चाय सदस्य रहनु भएको छ । संघले प्रत्येक दुई बर्षमा वितरण गर्ने उत्कृष्ठ पर्यटन पत्रकारिता पुरस्कार छनौटका लागि छनौट समिति गठन गरेको छ । गठित उत्कृष्ट पुरस्कार मुल्यांकन छनौट समितिको संयोजकमा संघका निर्वतमान अध्यक्ष संयोजक मोतिलाल पाण्डे तथा सदस्यहरुमा संघका प्रेस सल्लाहाकार सुमन अधिकारी र नेपाल पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जि.सी. रहेका छन् ।

अधिवेशनलाई व्यवस्थित तथा भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न ८ वटा उपसमितिहरु गठन गरिएको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताउनु भयो ।

पोखरेलका अनुसार बैठकले अधिवेशन सम्पन्न गर्न यमलाल लाोहनीको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा रजिष्ट्रेशन उपसमिति, डिल्लीराज भण्डारीको संयोजकत्वमा दिवाभोज उपसमिति, प्रकाश ढकालको संयोजकत्वमा बार्षिक कार्यक्रम तथा कार्यक्रम तयारी उपसमिति, दिपक अधिकारीको संयोजकत्वमा आर्थिक तथा प्रायोजन उपसमिति, दयानिधि भण्डारीको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, नामदेव पाण्डेको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, फर्सुराम पन्तको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उपसमिति  गठन गरिएको छ ।

अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव कोषाध्यक्ष, सहकोषाध्यक्ष, सदस्य १९ सहित नया समिति चयन गर्ने छ । संघमा करिव २ हजार व्यवसायीक प्रतिष्ठानहरु सदस्य रहेका छन् ।

प्रकाशित मितिः     १२ भाद्र २०७६, बिहीबार १९:१२  |